Pancha Vismrit's Cultivation of Words
पञ्च विस्मृतको शब्दखेती
www.poetrypoem.com/panchavismrit Since 2008, May 26
RETURN or GO to
S T A T U S www.panchavismrit.blogspot.com
प्रिय विगत !
- पञ्च विस्मृत
आज एकाविहानै
मेरो वर्षौँ पुरानो प्रिय विगत
स्मृतिको भन्ज्याङबाट बेखबर उदाएको छ
टेकेको छु
एक विरङ्गी वर्तमान
जसको सङ्घारमा
असामयिक रात ओर्लिएको छ
उदाउदा त घामलेझैँ
अन्धकारलार्इ
भगाउदै लग्नु पर्ने हो
उदाउदा त
एक स्वतन्त्रता चेतलेझैँ
तानाशाहहरू
ढाल्दै र चिहानहरू खन्दै लग्नु पर्ने हो
यसो पनि भनौँ न
उदाउदा त काला कर्तुतहरूले
अँध्यारो सुरक्षा खोज्दै कतै गायब भएझैं
कालाजति सप्पै पाखा लाग्नु पर्ने हो
विहानको उज्यालो कतै बेपत्ता छ
बरू अन्धकारले
शिर उठाएको छ
कलम समाउनअघि नै
एक कविको अन्तरबाट हराएका
कविताका विम्वहरू जस्तै
समाउन खोजेका मिहीन खुशीहरू
कतै अलप भएका छन्
बच्चा जन्माउनअघिनै
बुनेको कोक्रो र जम्मा गरेका गुडियाहरू
जमिनमा गाड्नु परेझैँ
एउटा महत् सपनाको अन्त्येष्टी
गर्नु परेको छ
एउटा परदेशीको यादमा
वर्षौँ तड्पिदै प्रतीक्षारत प्रेयसीकाझैँ
एक युग पर्खेको दिन कतै बेखबर छ
आज हुने कुराहरू सबै बेपत्ता छन्
नहुने कुराहरू आँखा अघिल्तिर हाजिर छन्
किन आयौ यस्तरी
मलार्इ छोडेर जाने विगत तिमी
किन आयौ फर्केर
मेरो सिङ्गो संसार धमिल्याएर ?
७, अप्रिल २०१४ दम्माम केएसए
This site is DEDICATED to those
who have devoted themselves to writing not simply for fame but for quality writing
पञ्च विस्मृत
Pancha Vismrit, Author of The Unseen Sky (नदेखिएको आकाश)
Also you can read him on S T A T U S:
www.panchavismrit.blogspot.com
Sideways Glance:
www.panchavismrit.wordpress.com
Poems From Himalayas:
www.translatednepalipoems.wordpress.com
"I believe that Pancha Vismrit will always remain with his poetic consciousness
in the history of poem".
- Parshu Pradhan, a renown story writer
"विस्मृतको कविता चेतले नेपाली कविताको इतिहासबाट विस्मृत हुन दिने छैन भन्ने कुरामा म
विस्वस्त छु ।"
- प्रसिद्ध कथाकार परशु प्रधान
To read the poems
Please CLICK on MY POEM LIST